शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले पायो अनुमति

images
शुक्रबार, असार १३ २०८२
images
images
तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले पायो अनुमति
images
images

काठमाडौं- तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि नबिल बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। बिहीबार बोर्डले ऋणपत्र निष्कासनका लागि अनुमति दिएको हो। 

images
images

नबिल बैंकले प्रतिकित्ता १००० रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल निष्कासन हुने ऋणपत्रमध्ये सर्वसाधारणले १२ लाख कित्ता र निजी क्षेत्रले १८ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन्। 

images
images

यस ऋणपत्रको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तोकिएको छ। ८ वर्ष अवधिमा परिपक्व हुने गरी जारी गरिएको उक्त ऋणपत्रको ब्याजदर ७ प्रतिशत तोकिएको छ। 

images
images
images


प्रकाशित : शुक्रबार, असार १३ २०८२११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend