सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले पायो अनुमति

शुक्रबार, असार १३ २०८२
तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले पायो अनुमति

काठमाडौं- तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि नबिल बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। बिहीबार बोर्डले ऋणपत्र निष्कासनका लागि अनुमति दिएको हो। 

नबिल बैंकले प्रतिकित्ता १००० रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल निष्कासन हुने ऋणपत्रमध्ये सर्वसाधारणले १२ लाख कित्ता र निजी क्षेत्रले १८ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन्। 

यस ऋणपत्रको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तोकिएको छ। ८ वर्ष अवधिमा परिपक्व हुने गरी जारी गरिएको उक्त ऋणपत्रको ब्याजदर ७ प्रतिशत तोकिएको छ। 


प्रकाशित : शुक्रबार, असार १३ २०८२११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend