बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

कृषकलाई अनुदानमा मौरीका घार वितरण

images
बिहीबार , असार १२ २०८२
images
images
कृषकलाई अनुदानमा मौरीका घार वितरण

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो।

images
images

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ। मौरीपालन व्यवसाय प्रर्बद्धन गर्ने उद्धेश्यले नगरपालिकाले अनुदानमा किसानलाई घार वितरण गरेको हो।

images
images

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो। किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जनालाई ९५ आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।

images
images

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आउनु भएका रामपुर-४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताए। नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो।

images
images
images

नगर उपप्रमुख बालकुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रर्बद्धन गर्न मौरीको घार वितरण गरिएको बताइन्। मौरीपालन सजिलो र थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने हुँदा व्यवसायिक विकास र किसानको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनकाे भनाइ छ।

अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको ब्याज अनुदान कार्यक्रममा समावेश गरी ब्याज अनुदानको समेत व्यवस्था गरेको नगर उपप्रमुख थापाले जानकारी दिइन्। रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend