बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

डेढ अर्बको लगानीमा कान्तिपथमा अपार्टमेन्टसहित मिश्रित आवासीय भवन निर्माण हुने

जहाँ रहने छ ४० फ्ल्याट

बिहीबार , असार १२ २०८२
डेढ अर्बको लगानीमा कान्तिपथमा अपार्टमेन्टसहित मिश्रित आवासीय भवन निर्माण हुने

व्यावसायिक क्षेत्रका लागि ८ हजार ७ सय १ वर्गमिटर तथा खुला र हरियाली बनाइने क्षेत्रका लागि कुल जग्गामध्ये ५९.६४ प्रतिशत जग्गा छुट्याइएको छ।

काठमाडौं- ओएसिस होटल प्रालिले काठमाडौंको कान्तिपथमा १६ तले 'वन वर्ल्ड अपार्टमेन्ट'सहित मिश्रित आवासीय भवन निर्माण गर्ने भएको छ।

आवासीय भवनको लागत १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजना निर्माण हुने कुल क्षेत्रफल ७ रोपनी २ आना रहेको छ। कुल मिश्रित आवासीय भवनले ओगटेको जग्गाको क्षेत्रफल १ हजार ४ सय ४७ वर्गमिटर हुने छ। यसैगरी मिश्रित आवासीय भवनको तलाको कुल क्षेत्रफल २२ हजार ७ सय ९ वर्गमिटर हुनेछ। 

मिश्रित आवासीय भवनको आवासीय क्षेत्रको लागि ५ हजार २ सय ८ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ। व्यावसायिक क्षेत्रका लागि ८ हजार ७ सय १ वर्गमिटर तथा खुला र हरियाली बनाइने क्षेत्रका लागि कुल जग्गामध्ये ५९.६४ प्रतिशत जग्गा छुट्याइएको छ।

मिश्रित आवासीय भवनको एउटा भवन रहने छ, जसको उचाइ ५२ मिटर हुने छ। 

मिश्रित आवासीय भवनको भुँइ तलामा पार्किङ, जिम, कार्यालय, हल र लबी रहने छ। पहिलो तलामा ८ र दोस्रो तलामा ९ वटा पसल रहने छ भने तेस्रो, चौथो,पाँचौ र छैँठौँ तलामा ५/५ वटाका दरले अफिस स्पेस रहने छ।

यसैगरी सातौँ तलामा वेन्क्वेट हल, वेन्क्वेट किचन, स्टोर रुम, मिटिङ रुम र प्रि फंगसनल क्षेत्र रहने छ।

यसैगरी आठौँ तलामा लाउञ्ज र स्विमिङ पुल, रिसेप्सन र स्टाफ किचन रहने छ। त्यसमाथिक तेह्रौँ तलासम्म हरेकमा ८ वटा अपार्टमेन्ट रहने छ। भवनको दुई तला भने भूमिगत रहने छ। जहाँ सवारी पार्किङ हुने छ।


प्रकाशित : बिहीबार , असार १२ २०८२१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend