बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

म्याग्दीमा व्यावसायिक अरिंगालपालन, जोखिम मोल्दै आम्दानी गर्दै शाही दम्पती

images
बिहीबार , असार १२ २०८२
images
images
म्याग्दीमा व्यावसायिक अरिंगालपालन, जोखिम मोल्दै आम्दानी गर्दै शाही दम्पती

शाहीले नजिकैको जंगलबाट ल्याएर ११ गोला अरिंगाल पाल्न थालेका हुन्। राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्क घरको बार्दलीमा उनीसँगै श्रमती गीताले अरिंगालपालन गर्दै आएका छन्।

images
images

म्याग्दी- म्याग्दीकाे पाखो बारीको भित्तामा स-साना प्वाल छन्। नजिक-नजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ। यिनै ओतमुनि अरिंगालका गोला छन्। म्याग्दीको बेनी नगरपालिका-६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिंगालपालन गर्दै आएका छन्।

images
images

शाहीले नजिकैको जंगलबाट ल्याएर ११ गोला अरिंगाल पाल्न थालेका हुन्। राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्क घरको बार्दलीमा उनीसँगै श्रमती गीताले अरिंगालपालन गर्दै आएका छन्।

images
images

‘नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जंगलबाट घरमा ल्याएर गरेको अरिंगालपालन सफल भएको छ’ गीताले भनिन्, ‘मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिंगाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ।’

images
images
images

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहेकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आएका श्रीमान् अशोकले साथ दिएका हुन्। प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्म अरिंगालको लार्भा निकाल्न सकिने शाहीले बताउँछन्।

‘जंगलमा अरिंगालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ’, अशोकले भने, ‘अरिंगालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिंगालको गोला ल्याएर पाल्ने गरेका छौँ।’ जंगलबाट ल्याइएको अरिंगाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ।

बेनीका होटलमा अरिंगालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन्। काँचो लार्भा प्रतिकिलो तीन हजार पाँच सय दरले बिक्री हुने गरेको छ। गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेका छन्। एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ।

प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ। पालेका अरिंगाल चरनका लागि जंगल र खेतबारीमा जान्छन्। किरा, फट्या‌ंग्रा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिंगालका आहारा हुन्। झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताए। होटल व्यवसायी राजन लामाका अनुसार बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा अरिंगाल पर्छ। जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन्।

‘अरिंगाल पाल्न सजिलो काम भने होइन। गोला जंगलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ। अरिंगाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ’ अशोकले भने, ‘बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ। मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ।’ उनका अनुसार रातो र कालो जातका अरिंगाल बढी पाइन्छन्।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिंगालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताए। ‘लार्भाका लागि गोला पोलेर अरिंगालको वंशनै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण र आम्दानी पनि हुन्छ’ उनी भन्छन्, ‘जोखिम भएकाले अरिंगालपालनमा सावधानी भने अपनाउन आवश्यक छ।’ रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend