बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

विदेश पठाइदिने भन्दै ५८ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

images
बिहीबार , असार १२ २०८२
images
images
विदेश पठाइदिने भन्दै ५८ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

दोलखा बैतेश्वर गाउँपालिका-३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका-४ का ४३ वर्षीय लछुमन शाह तेलीलाई पक्राउ गरीएकाे हाे।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images

दोलखा बैतेश्वर गाउँपालिका-३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका-४ का ४३ वर्षीय लछुमन शाह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

उनले भने, ‘पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो।’

images
images
images

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यकाे भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२१५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend