सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

यो साताभर उही बिन्दुवरपर सेयर बजार, आउने साता के होला?

बिहीबार , असार १२ २०८२
यो साताभर उही बिन्दुवरपर सेयर बजार, आउने साता के होला?

काठमाडौं- उचाइतर्फ जान धरमर गरिरहेको सेयर बजार यो साताभर उही बिन्दुवरपर देखिएको छ। 

गएको साता समग्रमा २६.४७ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ३२.९२ अंकले ओरालो लागेकोमा सोमबार ४.७८ अंकले बढेको थियो। मंगलबार बजार ०.२२ अंकले घटेको बजार बुधबार पनि ०.३४ अंकले घटेको थियो।

यो साता अन्तिम कारोबारमा बिहीबार बजार ४.४४ अंकले घटेर २५९५.७५ बिन्दुमा झरेको छ। ९३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ७८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा रहेका लगानीकर्ता लामो समयदेखि पर्ख र हेरको अवस्थामा नै छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। आउने साता पनि बजारले ठूलो उतारचढाव नलिने उनीहरूको तर्क छ। 

गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको छ। गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। एक वर्षअघिको अवस्थामा बजार पुग्ने आशमा रहेका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 


प्रकाशित : बिहीबार , असार १२ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend