बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण

images
बिहीबार , असार १२ २०८२
images
images
एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण

कार्यालय प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गरी ४८ ट्युबवेल निर्माण गरिएको हो।

images
images

चितवन- चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८ ट्युबवेल निर्माण गरेको छ । त्यसले एक हजारभन्दा बढी बिघा जमिनमा थप सिँचाइ हुने भएको हो।

images
images

कार्यालय प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गरी ४८ ट्युबवेल निर्माण गरिएको हो। नवलपरासीमा १७ ट्युबवेल निर्माण गरिएको छ। गैँडाकोटमा पाँच, देवचुलीमा एउटा, कावासोतीमा चार, मध्यबिन्दु नगरपालिमा तीन र विनयी त्रिवेणी गाउँपालिकामा चार ट्युबवेल निर्माण गरिएको छ।

images
images

यस्तै, चितवनमा भरतपुर महानगरपालिकामा १५, माडी नगरपालिकामा पाँच, रत्ननगर नगरपालिकामा दुई, कालिका नगरपालिकामा एउटा र राप्ती नगरपालिकामा पाँच गरी २८ ट्युबवेल निर्माण गरिएको उनले जानकारी दिए।

images
images
images

मकवानपुरको हेटौँडा नगरपालिकामा एउटा र बागमती गाउँपालिकामा एउटा ट्युबवेल निर्माण गरिएको छ। बकैया गाउँपालिकामा एउटा लिफ्ट गरी मकवानपुरमा तीन लिफ्ट एवं ट्युबवेल निर्माण गरिएको केसी बताउँछन्। वि.सं. २०७६ मा भरतपुरमा स्थापना भएको यस कार्यालयले वि.सं. २०७७ बाट चितवनमा ट्युबवेल निर्माण थालिएको हो।

केसीका अनुसार हालसम्म चितवनमा एकसय हाराहारी ट्युबवेल निर्माण गरिसकिएका छन्। आव २०७९/८० बाट मकवानपुरमा र २०८०/८१ बाट नवलपरासीमा ट्युबवेल निर्माण थालिएको हो। उनका अनुसार एउटा ट्युबवेल निर्माण गर्न ठाउँअनुसार ६५ लाख हाराहारी खर्च हुन्छ।

चालु आर्थिक वर्षमा ट्युबवेल, लिफ्ट निर्माण र मर्मतका लागि ३७ करोड बजेट विनियोजन भएको थियो। त्यसबाट ट्युबवेल खन्ने, मोटर जडान गर्ने, विद्युतीकरण, पम्प घर निर्माण, वितरण प्रणाली निर्माण (भूमिगत पाइपलाइन विस्तार) गरिएको हो। यस आर्थिक वर्षमा मर्मतका लागि एक करोड बजेट निकासा भई खर्च गरिएको उनले जानकारी दिए।

ठाउँअनुसार एउटा ट्युबवेलले ६० बिघासम्म सिँचाइ गर्छ। कतिपय ठाउँमा थोरै क्षेत्रफलमा मात्रै सिँचाइ हुने गरेको छ। यस वर्ष जडान गरिएका ट्युबवेलबाट एक हजार बिघा हाराहारी थप सिँचाइ पुगेको केसीले बताए। रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२१४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend