आइतबार, भदौ २३ गते २०८१    
images
images

याक एण्ड यति हाेटल बन्द गराउने निर्णयबाट पछि हट्न पर्यटन मन्त्री आलेलाई हानको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३ २०७८
images
images
याक एण्ड यति हाेटल बन्द गराउने  निर्णयबाट पछि हट्न पर्यटन मन्त्री आलेलाई हानको आग्रह
images
images

काठमाडौं-होटल संघ नेपालका होटल याक एण्ड यतिमा तत्काल बन्द नगर्न आग्रह गरेको छ। होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री प्रेमबहादुर आलेलाई भेटगरी याक एण्ड यतिलाई कानुनी दायरामा ल्याउने विषयमा हानको सहयोग हुने तर हतोत्साहित बनाउन भने नहुनेमा जोड दिएकी छन्। 

images
images
images

होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदान कदर गर्दै होटल जस्तो ठूलो लगानी भएको प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पु¥याएको गहकिलो योगदानको कदर हुनुपर्नेमा हानले जोड दिएको छ। 
  
नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजी बारे गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउनलाई समस्या रहेको प्रष्ट पारिन। 

उनले एकातिर कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता खालका समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरण समेतमा सकारात्मकताको सञ्चार हुन नसक्ने समेत उनले जोड दिएकी छन्। 

 

images

 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend