बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

उदयपुरका आठ पालिकाको बजेट ६ अर्ब ६२ करोड रुपैयाँ

images
बिहीबार , असार १२ २०८२
images
images
उदयपुरका आठ पालिकाको बजेट ६ अर्ब ६२ करोड रुपैयाँ

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ।

images
images

उदयपुर- यहाँका आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन्। सोमबार जिल्लाका आठ वटै पालिकाले आव २०८२/८३ का लागि  ६ अर्ब ६१ करोड ८४ लाख ६४ हजार चार सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन्।

images
images

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ। त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

images
images

यस्तै, चौदण्डीगढी नगरपालिकाले एक अर्ब १३ करोड ३५ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको जनाइएको छ। कटारी नगरपालिकाले ८७ करोड ६५ लाख तीन हजार चार सय रुपैयाँ बराबरको बजेट ल्याएको छ भने बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

images
images
images

चार गाउँपालिकामा उदयपुरगढी गाउँपालिकाले ६८ करोड ४० लाख पाँच हजार, रौतामाई गाउँपालिकाले ६६ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन्। यस्तै लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख आठ हजार बराबरको बजेट ल्याउँदा ताप्ली गाउँपालिकाले ४१ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा तथा आन्तरिक पर्यटन र स्थानीय युवाका लागि स्वरोजगारसहितको बजेट ल्याएको त्रियुगाका नगर प्रमुख वसन्तकुमार बस्नेत र बेलकाका प्रमुख अशोक कार्कीले बताउँछन्। जिल्लाका पहाडी क्षेत्रका गाउँपालिकामा भौतिक पूर्वाधार र कृषिलाई बढी जोड दिनेगरी बजेट ल्याइएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए। रासस 


प्रकाशित : बिहीबार , असार १२ २०८२१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend