बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

पुर्ख्यौली सीप जगेर्ना गर्दै आएका गंगाराम, आत्मनिर्भर बन्न अनुदानमा मेसिनको अपेक्षा गर्दै

images
बिहीबार , असार १२ २०८२
images
images
पुर्ख्यौली सीप जगेर्ना गर्दै आएका गंगाराम, आत्मनिर्भर बन्न अनुदानमा मेसिनको अपेक्षा गर्दै

बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उनको परिवारको मुख्य जीविकाको आधार बनेको छ। पहिले फलामका औजारले हातैले बनाइने भाँडाकुँडा अहिले मेसिनबाट उत्पादन गर्न थालिएको छ। तर चुनारासँग आफ्नै मेसिन छैन।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० खल्ला बस्तीका गंगाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन्। बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उनको परिवारको मुख्य जीविकाको आधार बनेको छ।

images
images

‘बाजेबाट बुबाले सिके, बुबाबाट मैले’ गंगाराम सुनाउँछन्, ‘यो नै परिवार पाल्ने माध्यम हो।’ पहिले फलामका औजारले हातैले बनाइने भाँडाकुँडा अहिले मेसिनबाट उत्पादन गर्न थालिएको छ। तर चुनारासँग आफ्नै मेसिन छैन।

images
images

उनी अहिले विभिन्न फर्निचर उद्योगमा कामदारका रूपमा गएर परम्परागत भाँडाकुँडा बनाउने काम गर्छन्। एकै ठाउँमा काम नपाउने भएकाले विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ। दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने भए पनि कहिले काम नहुँदा आठ जनाको परिवार पाल्न मुस्किल हुने गरेको गुनासो छ।

images
images
images

उनले ठेकी, डोक्नी (मसाला पिस्ने काठको भाँडो), गिलास, मादल, अम्खोरा, गजुरजस्ता सामग्री बनाउने गर्छन्। प्रति भाँडाकुँडा निर्माणमा एकसयदेखि ६ सय रुपैयाँसम्म पारिश्रमिक पाइन्छ। ‘आफ्नै मेसिन भए सहज हुन्थ्यो’ गंगाराम भन्छन्, ‘तर आर्थिक अभावले किन्न सकिएको छैन।’ पालिका, प्रदेशदेखि संघसम्म मेसिनको लागि सहयोग माग्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ।

स्थानीय सीपलाई आधुनिकीकरण गर्नुपर्ने आवाज उठाइरहँदा बेवास्ताको चपेटामा परिरहेको उनले गुनासाे गरे। स्थानीय तह र जनप्रतिनिधिले सीपलाई संरक्षण गर्न कार्यक्रम नल्याउँदा पेसा पलायनको अवस्था आएको चुनाराको भनाइ छ। पुर्ख्याैली सीप बोकेका युवाहरू भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन्, कोही पनि यो कार्य चाहँदैनन् यसको कारण जीविका चलाउन मुस्किल छ।

पैसा छ तर सम्मान र अनुदान छैन। उनी भन्छन, ‘सनबोरा नदी किनारको एक कट्ठा ऐलानी जमिनमा कच्ची घर छ, कमाएको पैसाले घर चल्छ, तर सुरक्षित आवास बनाउन सकिएको छैन।’ नागरिक अधिकार, सुरक्षित आवास र आत्मनिर्भरताको सवालमा आवाज उठाउँदै आएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार गरी खाने दलित समुदायलाई नजिकको सरकार नगरपालिकाले मेसिन खरिद गर्न अनुदान दिनुपर्ने बताउँछन्।

‘सुरक्षित नागरिक आवास कार्यक्रममा दलित परिवारलाई समेट्दै मेसिनलगायतका आयआर्जन हुने कार्यक्रममा अनुदान दिनुपर्छ, त्यसका लागि आवाज उठाउन तयार छौँ’ उनले भने, ‘बञ्चितीकरणमा परेका समुदायका आवाज सम्बोधन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाउने कार्य भएको छ, माग सम्बोधन नभए अधिकारका लागि संघर्ष गर्छौँ।’

शुक्लाफाँटा-१० का वडाध्यक्ष लालबहादुर ऐरले दलित सीपको संरक्षण र व्यवसायीकरणका लागि वडा तथा नगरपालिकाले पहल लिने बताए। ‘वडाको बजेटले नपुग्ने भएकाले संघ र प्रदेश सरकारसँग माग गर्छौँ’ वडाध्यक्ष भन्छन्, ‘गैरसरकारी संस्थासँगको साझेदारीमा ११ दलित परिवारका लागि आवास निर्माण सम्पन्न भएको छ। छुटेका परिवारका लागि पनि पहल गर्छौँ।’ रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend