शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

न्यादी हाइड्रोपावरको सेयरमा किन लाग्यो सर्किट? एकै दिन प्रतिकित्ता ४४.५० रुपैयाँ बढ्यो

images
बुधबार, फागुन ४ २०७८
images
न्यादी हाइड्रोपावरको सेयरमा किन लाग्यो सर्किट? एकै दिन प्रतिकित्ता ४४.५० रुपैयाँ बढ्यो
images
images

काठमाडौं- समग्र नेप्से परिसूचक ५३ अकं बढ्दा सबैभन्दा धेरै कमाउनेमा न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन्। साताको तेस्रो कारोबार दिन मंगलबार कारोबारमा आएका २२४ कम्पनीमध्ये न्यादीको  सेयर मूल्यमा सर्किट लागेको हो।

images
images
images

कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको थियो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८९.५० रुपैयाँमा कारोबार भएको छ।

images
images
nyadi 1.PNG

कम्पनीको सेयरमा मंगलबार ४४.५० रुपैयाँले बढेको हो। कम्पनीको मंगलबार ११ हजार ३२८ कित्ता सेयर कारोबार भएको थियो। पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर मूल्य अधिकतम ५४५ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम २८२ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको बजार पुँजीकरण ७ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। 

images
images

कम्पनीले गएको असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। 


प्रकाशित : बुधबार, फागुन ४ २०७८०१:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend