बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

फाप्लु विमानस्थलमा १७ दिनपछि उडान

images
बिहीबार , असार १२ २०८२
images
images
फाप्लु विमानस्थलमा १७ दिनपछि उडान

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम ‍(नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो

images
images

सोलुखुम्बु- पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार हवाइ उडान भएको छ। प्रतिकूल मौसमका कारण जेठ २६ गतेदेखि अवरुद्ध भएको हवाइ उडाउन १७ दिनपछि बुधबारबाट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ।

images
images

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम ‍(नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो। जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि १० जना यात्रु लिएर काठमाडौं फर्किएको अधिकृत थापाले जानकारी दिए।

images
images

भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ। जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताउँछन्।

images
images
images

उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन्। काठमाण्डौं ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुंगा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ। मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिंमार शेर्पाले बताए।

नियमित उडान तालिका कागजमै सीमित

जिल्ला सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन्। मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नुहने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेको हुन्। नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौं-फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ।

तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०/१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ। अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको संख्या सीमित छ। यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दासमेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ।

फाप्लुबाट काठमाडौंसम्मको सडकमार्गको दूरी करिब २ सय ७५ किलोमिटर छ। तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन। बिपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई संघीय राजधानी काठमाडौं आउजाउ गर्न कठिन छ।

स्थानीय बिमला राई भन्छिन्, ‘सडकबाट यात्रा गर्नु भनेको शरीरलाई यातना दिनु हो। बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ।’ स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भचन्छन्, ‘मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ। जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ।’ रासस 


प्रकाशित : बिहीबार , असार १२ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend