आइतबार, भदौ २३ गते २०८१    
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कसरी हुँदै छ तयारी?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कसरी हुँदै छ तयारी?

क्यालिब्रेसन उडान हुने दिन विहान १० बजेबाट बेलुका साढे ५ बजेसम्म भैरहवाको आन्तरिक उडान समेत बन्द हुनेछ।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डनय प्राधिकरणले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध जयन्ती अर्थात जेठ ३ गतेबाट व्यवसायिक उडान गर्ने तयारी गरेको छ।

images
images
images

विमानस्थल निर्माणको काम सम्पन्न भइसकेको छ। विमानस्थलमा जडान हुनु पर्ने सञ्चार उपकरण जडानको काम पनि सकिएको छ। विमानस्थल निर्माणको काम सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन ६ गतेबाट १५ गतेसम्म क्यालिब्रेसन उडान गर्ने तालिका समेत सार्वजनिक गरेको छ।

क्यालिब्रेसन उडान हुने दिन विहान १० बजेबाट बेलुका साढे ५ बजेसम्म भैरहवाको आन्तरिक उडान समेत बन्द हुनेछ। क्यालिब्रेसन उडान पछि प्राधिकरणले परीक्षण उडान गर्ने छ।

विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गरि खटाइसेको छ। विमानस्थलकाे महाप्रबन्धकमा गाेविन्द दाहाल खटाइएको छ। दाहालका अनुसार विमानस्थलबाट व्यवसायिक उडानका लागि आवश्यक तयारी तिब्रताका साथ भइरहेका छ।

images

विमानस्थलको टर्मिनल भवनमा भित्र हुनेलगायत सबै कामको तयारी भइरहेको उनको भनाइ छ। सबैभन्दा विमानस्थल सञ्चालनका लागि आवश्यक विमानस्थल सेवा शुल्क नियमावली २०६७ पनि संशोधनको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ। 

विमानस्थल सेवा शुल्क नियमावली संशोधनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा लगिसेको उनले बताए। अहिलको नियमावलीमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल समावेश नभएको हुँदा नियमावली संशोधन गर्न लागिएको हो।

उक्त नियमावलीमा नै सञ्चालनसँगै विमानस्थल प्रयोग गर्ने तथा उडान गर्ने एयरलाइन्स कम्पनी तथा यात्रुले तिर्नु पर्ने शुल्क पनि तय हुने दाहाल बताउँछन्।

उनका अनुसार एयरलाइन्स कम्पनीलाई प्रोत्साहन हुने गरी केही छुटको सुविधा समेत दिइने तयारी रहेको उनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा केही सेवा शुल्क कम हुने उनको भनाइ छ।

यसैगरी विमानस्थल सञ्चालनसँगै आवश्यक पर्ने अध्यागमनको काम पनि भइरहेको उनको भनाइ छ। अध्यागमन विभागले पनि आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गरेर कर्मचारी तयारी अवस्थामा राखेको सूचना आएको दाहालले बताए।

यसैगरी भन्सार, सुरक्षामा खटिने नेपाल प्रहरी तथा सेनाका लागि पनि चाहिने आवश्यक केही संरचना बनिसकेको र केही बन्दै जाने दाहालले जानकारी दिए।

यसैगरी नेपाल आयाल निगमले पनि इन्धन सेवाका लागि चाहिने सबै काम गरिहेको उनको दाबी छ। यसैगरी ग्राउन्ड ह्यान्डिलिङको जिम्मा पाएको नेपाल एयरलाइन्सले पनि विमानस्थल सञ्चालन भएको दिनदेखि नै सेवा दिन तयार रहेको जानकारी आफूहरुलाई गराएको दाहालले बताए। 

यसैगरी गौदाम व्यवस्थापनका लागि नेपाल पारवाहन तथा गौदाक कम्पनी लिमिटेडसँगै नै काम गर्ने गरी तयारी भएको दाहालको भनाइ छ।


प्रकाशित : बुधबार, फागुन ४ २०७८०३:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend