काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डिजिटल मुद्रा तथा क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ।
सीआईबीले रााष्ट्र बैंकले यस्ता अभौतिक मुद्राको कारोबार गैरकानूनी भएको भन्दै कारोबार नगर्न नगराउन आग्रह गरिसकेको छ।
सीआईबीले राष्ट्र बैंकको सोही सूचनाका आधारमा यस्ता मुद्राको कारोबारमा संलग्न रहे कारबाही गर्ने बताएको छ। त्यस्तै सीआईबीले कसैले क्रिप्टोको कारोबार गरेको थाहा पाए सूचना दिनसमेत आग्रह गरेको छ।