सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

गभर्नर पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण : दुई ठाउँमा जग्गा, श्रीमतीको नाममा दुईवटा घर

१३ करोड ६८ लाख रुपैयाँबराबरको सेयर, ४५ तोला सुन, १५ लाख रुपैयाँको हिरा

बुधबार, असार ११ २०८२
गभर्नर पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण : दुई ठाउँमा जग्गा, श्रीमतीको नाममा दुईवटा घर

उनले चल सम्पत्तिमा ४५ तोला सुन र १५ लाख हिराको गहना रहेको उनले उल्लेख गरेका छन्। सुन पैतृक र हिरा स्वआर्जन रहेको विवरणमा जनाइएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्दै ललितपुर सैंबु र नवलपरासीको गैँडाकोटमा घर रहेको उल्लेख गरेका छन्। दुवै घर उनको श्रीमती प्रतिभा शर्माको नाममा छ।

यस्तै गभर्नर पौडेलको नाममा १३ करोड ६८ लाख १७ हजार २ सय रुपैयाँबराबरको विभिन्न कम्पनीमा सेयर रहेको उल्लेख छ। यस्तै श्रीमती शर्माको नाममा ३७ लाख ५० हजार रुपैयाँबराबरको सेयर रहेको उल्लेख छ। 

यस्तै सैंबुमा १ करोड ५५ लाख रुपैयाँको जग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन्। घर र जग्गा पैतृक र स्वआर्जन भनेका छन्।

उनले चल सम्पत्तिमा ४५ तोला सुन र १५ लाख रुपैयाँबराबरको हिराको गहना रहेको उनले उल्लेख गरेका छन्। सुन पैतृक र हिरा स्वआर्जन रहेको विवरणमा जनाइएको छ। 

सानिमा बैंकमा १३ लाख २३ हजार १ सय ९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार ३ सय ४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर, प्रभु बैंकमा ४ लाख ७३ हजार ८ सय २२ रुपैयाँ र सानिमा बैंकमा १२ हजार ५ सय ४७ रुपैयाँ रहेको उल्लेख छ। 

धितोपत्र सेयर र ऋणपत्रको विवरणमा सेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको २ करोड ४४ लाख १६ हजार ६ सय रुपैयाँबराबरको २ लाख ४४ हजार १ सय ७६ कित्ता प्रवर्द्धक सेयर रहेको छ। सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९ सय रुपैयाँबराबरको ९२ हजार ५ सय ७९ कित्ता सेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता सेयर रहेको छ। 

आफूले कसैबाट ऋण नलिएको र श्रीमती शर्माको नाममा सुजुकी कार रहेको उनले विवरणमा देखाएका छन्। कारको खरिद मूल्य ४४ लाख रुपैयाँ उल्लेख छ। 

यस्तै ९३ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको एक लाख ८६ हजार ८ सय ३४ कित्ता सेयर ग्लोबेको प्रालिको रहेको छ। संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँबराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता सेयर पौडेलको नाममा रहेको छ। उनले श्रीमती शर्माको नाममा ग्लोबेको प्रालिमा ३७ लाख ५० हजार रुपैयाँको ७५ हजार कित्ता सेयर रहेको विवरण पेस गरेका छन्।


प्रकाशित : बुधबार, असार ११ २०८२१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend