आइतबार, साउन २५ गते २०८२    
आइतबार, साउन २५ २०८२
images
images

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन् : सीईओ जोशी

images
बुधबार, असार ११ २०८२
images
images
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन् : सीईओ जोशी

पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृतरुपमा  विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन्।

images

नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए।

images
images

'अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दुईपछि पर्यटक बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ', उनले भने, 'यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ।' उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने गुणस्तरीय हुनुपर्नेमा समेत सुझाव दिए।

images
images
images

त्यस अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले पर्यटक सवारी चालकहरु आफै जिम्मेवार हुनुपर्नेमा जोड दिए। 'सवारी चालक र सहचालक जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ, चालकहरूले ट्राफिकका लागि नभइ आफ्ना लागि नियम पालना गर्नुपर्छ', उनले भने।

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले चालक आफै सक्षम भए आफू र पर्यटकलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याउन सक्ने धारणा व्यक्त गरे। 'यस प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय, दक्ष र सुरक्षाका उपाय अपनाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनेछ', उनले भने, 'चालक र सहचालकले यात्रामा पर्यटकसँग गर्ने व्यवहार सिक्नुहुनेछ।' यात्रामा चालक मात्र नभइ सहचालक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको उनको भनाइ थियो।

आजदेखि सुरु प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा पर्यटक सवारीका चालक तथा सहचालक गरी ९२ जनाको सहभागिता छ। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend