शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिंगापुरको एसएमईसी इन्टरनेशनलबीच पाँचखाल स्मार्ट सिटी बनाउने सहमती

images
मंगलबार, फागुन ३ २०७८
images
नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिंगापुरको एसएमईसी इन्टरनेशनलबीच पाँचखाल स्मार्ट सिटी बनाउने सहमती
images
images

काठमाडौं- पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेडबीच मंगलबार एक समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ। 

images
images
images

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ-आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै निफ्राको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।  

images
images

समझदारी पत्रअनुसार सिंगापुरस्थित ग्लोबल सहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, पयिोजनाको सञ्चालनगत खाका एवं अन्तर्राष्ट्रिय सफल अभ्यासको अध्ययन र विश्लेषण सम्बन्धि सहकार्य गर्ने छ।  

images
images

निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ। त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा निफ्राको अगुवाइमा आवश्यक लगानी जुटाउने कार्य गर्ने भएको छ। 

पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्नेछ। यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५५०० रोपनी क्षेत्रफल ओगट्ने छ। स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।


प्रकाशित : मंगलबार, फागुन ३ २०७८१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend