बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

कञ्चनपुरमा कोटामार्फत रासायनिक मल बिक्रीवितरण थालियो

images
बुधबार, असार ११ २०८२
images
images
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल बिक्रीवितरण थालियो

हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डीएपी, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ।

images
images

कञ्चनपुर- कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ।

images
images

प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डीएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताए।

images
images

कम्पनीलाई भैरहवा कार्यालबाट ६९८ दशमलव ४ मेट्रिक टन डीएपी मल प्राप्त हुनेछ। जसमध्ये हाल २५० मेट्रिकटन डीएपी प्राप्त भइ र वितरण सुरु भएको उनको भनाइ छ।

images
images
images

हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डीएपी, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ। उनका अनुसार चालु आवमा तीन हजार ८८० मेट्रिकटन डीएपी र पाँच हजार ४५३ मेट्रिकटन युरिया बिक्री तथा वितरण भइसकेको छ।

कम्पनीले युरिया प्रतिबोरा ९४०, डीएपी प्रतिबोर दुई हजार ३९४ र पोटास प्रतिबोरा एक हजार ७९४ रूपैयाँका दरले सहकारीलाई बिक्री भइरहेको छ। जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डीएपी मलको भने अभाव छ। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend