बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

दाङको शान्तिनगर गाउँपालिकाले स्थानीयको विद्युत महसुल तिरिदिने

images
बुधबार, असार ११ २०८२
images
images
दाङको शान्तिनगर गाउँपालिकाले स्थानीयको विद्युत महसुल तिरिदिने

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत महशुल पालिकाले तिरिदिने भएको हो।

images
images

दाङ- दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत महसुल तिर्ने भएको छ। पालिकाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकाबासीको न्यूनतम विद्युत महसुल तिरिदिने घोषणा गरेको हो।

images
images

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत महशुल पालिकाले तिरिदिने भएको हो। ‘पालिकाबासीको मागका आधारमा यो नीति ल्याएका हौँ, यो लुुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम हो’ अध्यक्ष बस्नेतले भने।

images
images

‘शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर’ भन्ने अभियान स्वरुप उक्त नीति ल्याएको उनकाे उनकाे भनाइ छ। शान्तिनगर गाउँपालिकाका सम्पूर्ण ग्राहकको न्यूनतम शुल्क गाउँपालिकामार्फत नेपाल विद्युत प्राधिकरणमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने नीतिमा समावेश गरिएको छ। यसले सबै नागरिकको ऊर्जामा पहुँच पुग्ने अपेक्षा लिइएको अध्यक्ष बस्नेतले बताए।

images
images
images

त्यस्तै पालिकाभित्रका चिकित्साशास्त्र, चिकित्सक, पाइलट अध्ययन गर्ने विद्यार्थीलाई निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइनेछ। खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण वृद्धि गर्न राष्ट्रिय स्तरमा छनोट हुने खेलाडीलाई प्रोत्साहन रकम उपलब्ध गराइने बजेटमा उल्लेख छ। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend