बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

विद्युत समस्याबारे बुझ्न ऊर्जा सचिव र प्राधिकरणका कार्यकारी निर्देशक नेपालगञ्जमा

images
बुधबार, असार ११ २०८२
images
images
विद्युत समस्याबारे बुझ्न ऊर्जा सचिव र प्राधिकरणका कार्यकारी निर्देशक नेपालगञ्जमा

बैजनाथ गाउँपालिकास्थित बानियाँभारको विवादबारे जानकारी लिन नेपालगञ्ज आएका सचिव आर्चाय र कार्यकारी निर्देशक शाक्यले उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्षलगायत उद्योगीलाई भेटेर विद्युत अनियमितताको समस्याबारे जानकारी लिएका हुन्।

images
images

बाँके- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आर्चाय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालगञ्जको विद्युत समस्याबारे जानकारी लिएका छन्।

images
images

बाँकेको बैजनाथ गाउँपालिकास्थित बानियाँभारको विवादबारे जानकारी लिन नेपालगञ्ज आएका सचिव आर्चाय र कार्यकारी निर्देशक शाक्यले उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्षलगायत उद्योगीलाई भेटेर विद्युत अनियमितताको समस्याबारे जानकारी लिएका हुन्।

images
images

सो अवसरमा मन्त्रालयका सचिव आर्चायले यहाँको विद्युत समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै अबका केही वर्षमा सबै समस्या समाधान हुने दाबी गरेका छन्।

images
images
images

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले विद्युत वितरणको केन्द्र कोहलपुर भएकाले यसबाट विद्युत वितरण गर्दा नेपालगञ्जमा विद्युत अपुग भएको बताए। यद्यपि जानकीको बकसपुरमा र भारतको नानपुरमा विद्युत परियोजनाको काम सम्पन्न भएपछि यस क्षेत्रलाई राहत शाक्यकाे भनाइ छ।

उनले भने, ‘यस क्षेत्रको विद्युत अनियमितताबारे जानकार भएकाले  हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ।’ कोहलपुर-नेपालगञ्ज १३२ केभी प्रसारण लाइन परियोजनाका सञ्जय गुरुङले परियोजनाको काम सपन्न गर्न कम्तीमा डेढ वर्ष लाग्ने उल्लेख गर्दै विद्युतका सबै समस्या समाधान हुने बताए।

उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंक धामीले विद्युत अनियमितताले नेपालगञ्जका उद्योगी, व्यवसायी मर्कामा परेको गुनासाे विद्युत लाइन काट्ने विषयमा पूर्वजानकारी दिन आग्रह गरेका छन्। उनले यहाँको व्यापारिक केन्द्रलाई ध्यानमा राखेर विद्युत नीति बनाउन जोड दिँदै संघका तर्फबाट विद्युतसँग सम्बन्धित ज्ञापनपत्रसमेत बुझाए।

यसअघि सचिव आर्चाय र कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेश डिभिजन कार्यालय, बैजनाथको बानियाँभार क्षेत्र, जानकी गाउँपालिकाको बकसपुर क्षेत्र र नेपालगञ्ज वितरण केन्द्रको स्थलगत अवलोकन गरेका थिए।

नेपालगञ्ज वितरण केन्द्रका विषयमा कार्यालय प्रमुख जगन्नाथ लामिछानेले जानकारी गराएका छन्। उनीहरूले लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका पूर्वीरुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया र प्युठान जिल्लाका वितरण केन्द्रका प्रमुखहरूसँग विद्युतका विषयमा अन्तरक्रिया गरेका थिए। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend