बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ११ २०८२
images
images
पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व संकलन

आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ।

images
images

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ।

images
images

कार्यालयले चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रकम खर्चिएको छ। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ।  

images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए। त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रकम प्राप्त भएको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने ११ दशमलव २३ प्रतिशत छ।
 
त्यसैगरी फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड राजस्व संकलन गरेको छ। मेसिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड संकलन गरेको छ। इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड संकलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए।

images
images
images

चालु आवकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब छ करोड राजस्व संकलन भएको छ। सोही अवधिमा सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, शृंगारका सामान आयातबाट दुई अर्ब ५२ करोड, प्लाष्ट्रिकका कच्चा पदार्थ आयातबाट दुई अर्ब ३२ करोड तथा अन्य लुब्रिकेटङ आयलको आयातबाट दुई अर्ब १९ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend