बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

जहाजभित्र ड्युटी फ्रि सप सञ्चालनका लागि नेपाल एयसलाइन्सको प्रस्ताव

अर्थले सहमति दिँदा पनि पर्यटन दिएन हिमालयलाई डियुटी पे सप सञ्चालनको अनुमति

images
बुधबार, फागुन ४ २०७८
images
images
जहाजभित्र ड्युटी फ्रि सप सञ्चालनका लागि नेपाल एयसलाइन्सको प्रस्ताव

विश्वमा अहिले ठूला एयरलाइन्स कम्पनीहरुले ड्युटी फ्रिदेखि ड्युटी पे सप सञ्चालन गर्दै आएका छन्।

images
images

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज भित्र ड्युडी फ्रि सप सञ्चालन गर्ने प्रस्ताव गरेको छ।

images
images

निगमले आफूले गर्ने सबै उडानमा ड्युटी फ्रि सप सञ्चालनका लागि प्रस्ताव गरेको हो। निगमले जहाजमा ड्युटी फ्रि सप सञ्चालनका लागि अनुमति माग्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालयमा प्रस्ताव पठाएको छ।

images
images

पर्यटन मन्त्रालय स्रोतका अनुसार निगमले ४/५ वर्ष अगाडि पनि जहाज ड्युटी फ्रि सप सञ्चालनका लागि अनुमति माग्दै प्रस्ताव गरेको थियो।

images
images

निगमको प्रस्ताव सहमतिका लागि पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग राय माग गर्दै पत्र पठाएको थियो। तर अर्थले निगमको जहाजमा ड्युटी फ्रि सप सञ्चालनका लागि अनुमति  दिएको थिएन।

पुनः निगमले जहाजमा ड्युटी फ्रि सप सञचालनका लागि प्रस्ताव गर्दै मन्त्रालयमा पत्र पठाएको हो। निगमबाट आएको प्रस्तावमा छलफल गर्दै पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ। अर्थले सहमित दिएको अवस्थामा मात्रै ड्युटी फ्रि सप सञ्चालन गर्न पाउने मन्त्रालयले जनाएको छ।

नेपाल एयरलाइन्सले अहिले ४ वटा जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। निगमले २ वटा एयरबस ३२० र २ वटा एयरबस ३३० जहाज मार्फत  उडान गर्दै आएको छ।

नेपाल एयरलाइन्सले भारतको दिल्लीसहित ३ गन्तव्य, कतार, दुबई, हङकङ, जापान, थाइल्याण्डको बैंकक र मलेसियामा उडान गर्दै आएको छ। यस मध्ये कतिपय गन्तव्यमा भने अहिले कोभिड सुरुभएसँगै नेपाल एयरलाइन्सको उडान हुन सकेको छैन।

अर्थले सहमति दिँदा पनि हिमालयले पाएन ड्युटी पे सप सञ्चालन अनुमति

यसैगरी हिमालय एयरलाइन्सले पनि जहाजमा ड्युटी पे सञ्चालनका लागि मागेको थियो। हिमालयको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको थियो। अर्थले हिमालयल एयरलाइन्सलाई ड्युटी पे सप सञ्चालनमा सहमति दिइसेकेको छ। तर पर्यटन मन्त्रालयले अहिलेसम्म हिमालयललाई ड्युटी पे सप सञ्चालन गर्न अनुमति दिएको छैन।

हिमालयले जहाजमा यात्र गर्न यात्रुले थप सविधा मागेको अवस्थामा सेवा दिनकै लागि भनेर ड्युटी पे सप सञ्चालन गर्न लागेको थियो।

अर्थ मन्त्रालयले सहमति दिँदा पनि पर्यटन मन्त्रालयले ड्युटी पे सप सञ्चालनका लागि आवश्यक कार्यविधि बनाएर सञ्चालन अनुमति नदिएको हो।

विश्वमा अहिले ठूला एयरलाइन्स कम्पनीहरुले ड्युटी फ्रिदेखि ड्युटी पे सप सञ्चालन गर्दै आएका छन्। ड्युटी फ्रि तथा पे सपमा महँगा वस्तुको बिक्री गरिन्छ।

तर नेपालमा त सञ्चालनमा रहेको एक मात्रै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ड्युटी फ्रि सप छैन।


प्रकाशित : बुधबार, फागुन ४ २०७८०७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend