काठमाडौं- एलएस अटोको नयाँ शोरुम सञ्चालनमा आएको छ। एसएल अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले काठमाडौंको तीनकुनेमा सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो।
देशव्यापी रूपमा चार्जिङ स्टेसन विस्तार गर्ने योजना बनाएको कम्पनीले तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि नयाँ शोरुम सञ्चालनमा ल्याएको छ भने कालोपुलमा सर्भिस सेन्टरसमेत स्थापना गरिसकेको छ।
नेक्सन भेन्चरले नयाँ शोरुम सुरुवातको अफर भनेर स्ट्यान्डर्ड एडिसनको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ। साथै अब भित्रिन लागेको गाडी एलईभी ०५ र एलईभी एक्सको मूल्य नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
हाल बिक्रीमा रहेको प्रिमियम डिजाइनयुक्त एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ। लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेको छ।
सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको छ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ।
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो विद्युतीय सवारी उत्पादक कम्पनी हो। विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ। कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको ईभी तयार गरेको हो।
संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइलमात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ।
यो कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै कारखाना रहेको छ। कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित युएई,मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।
एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर विद्युतीय एसयूभी ल्याएको हो। एलएस अटोले आगामी साउन अन्तिम साता हुने नाइमा मोबिलिटी एक्सपोमा थप दुई मोडेलहरू एलईभी एक्स र एलईभी ०५ लन्च गर्दैछ। यी कारहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुवै अप्सनमा बन्ने भएकाले नेपालमा समेत आउनेछन्। एलईभी एक्स एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।
एलईभी ०१
एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ नेपाल भित्रिसकेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो। स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ। यो मोटरले ३ सय एनएम न्यूटन मिटरको टर्क उत्पन्न गर्छ।
एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्री प्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ। यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दुरी २२१ एमएम रहेको छ। एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ।
यसको ब्याट्री प्याक अन्य ईभीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिँदैन। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ। चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ। यसको ड्र्याग कोएफिसियेन्ट इलेक्ट्रिक एसयूभीहरूमा सबैभन्दा कम ०।२६८ मात्र रहेको छ। यो ईभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ।
एलईभी ०५
एलएस अटोले बनाएको दोस्रो मोडेलको रूपमा एलईभी ०५ जसमा १७ इन्चको अलोय ह्वील रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। एलईभी ०५ ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा आउने छ। यो यसको अधिकतम टर्क १८० एनएम छ। यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको व्याट्रीप्याक रहेको छ। एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ। जसले सिंगल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ।
एलईभी एक्स
एलएस अटोले बनाएको तेस्रो अर्को मोडल एलईभी एक्स हो। क्रसओभर एसयूभी डिजाइनको यो ईभी यसअघि नै नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो। एलईभी एक्समा मोटर पावरको साथै केही विशेषता थप भएर आउने छ।
एलईभी एक्समा फ्रन्ट र रियरगरी २ सय किलोवाटको मोटर रहने छ। यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ। एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएकोे छ। साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजकोे लागि फ्रङ्ससमेत थपिएको छ।