मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ सुविधा

images
मंगलबार, असार १० २०८२
images
images
खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ सुविधा

रिकरिङ डिपोजिटलाई वित्तीय अनुशासनको एक माध्यम मानिन्छ जसले बचत र लगानीका लागि प्रोत्साहन दिन्छ।

images
images

काठमाडौं- नेपालको वित्तीय क्षेत्रमा नै पहिलोपटक वालेटमा रिकरिङ डिपोजिट (आरडी) खाता खोल्न मिल्ने सुविधा सुरु भएको छ। डिजिटल वालेट खल्तीले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको हो।

images
images
images

यो सुविधाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले आफ्नो वालेटबाटै निश्चित समयका लागि निश्चित रकम नियमितरूपमा जम्मा गर्दै तोकिएको उत्कृष्ट ब्याजदरमा बचत गर्न सक्नेछन्। बचतमा न्यूनतम १०० रूपैयाँबाट सुरु गर्न सकिने यस सुविधामा अन्तराल  दैनिक, साप्ताहिक वा मासिक अनि बचतको अवधि ६ महिनादेखि ६० महिनासम्म छनोट गर्न सकिनेछ।

images
images

नेपाल राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर सञ्चालन हुने यस खाताको ब्याजदर भने मञ्जुश्री फाइनान्सद्वारा मासिक प्रकाशित हुने आरडी ब्याजदरअनुसार नै लागु हुनेछ। प्रयोगकर्ताहरूले आफ्नो खल्ती एपमै आफ्नो डिपोजिटको स्ट्याटस ट्रयाक गर्न पाउनेछन् भने रकम मञ्जुश्री फाइनान्सको खातामा जम्मा हुनेछ।

images
images
images

बचतको बानी र सरल वित्तीय पहुँचका लागि यो सुविधा निकै नै उपयोगी रहने र हरेक व्यक्तिले यस ‘डिसिप्लिनरी इन्भेस्टमेन्ट टुल’ बाट लाभ लिनसक्ने कुरा खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहाल बताउँछन्।

'यस सहकार्यबाट सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नवीनतम प्रविधिले  वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ', मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिलसिना भन्छन्, 'खल्तीमार्फत आफ्नो वित्तीय कारोबार गरिरहनुभएका सम्पूर्ण प्रयोगकर्ताहरूले सजिलै मञ्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नुहुनेछ।'

रिकरिङ डिपोजिटलाई वित्तीय अनुशासनको एक माध्यम मानिन्छ जसले बचत र लगानीका लागि प्रोत्साहन दिन्छ।


प्रकाशित : मंगलबार, असार १० २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend