मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

पोखरामा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन, वातावरणमैत्री सहरी कृषिमा जोड

images
मंगलबार, असार १० २०८२
images
images
पोखरामा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन, वातावरणमैत्री सहरी कृषिमा जोड

भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै लगानी वृद्धिका लागि कृषि ऋणमा लाग्ने ब्याजमा ५० प्रतिशत सहुलियत उपलब्ध गरिने जनाइएको छ।

images
images

गण्डकी- पोखरा महानगरपालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने भएको छ।

images
images
images

महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धिमा जोड दिँदै उनीहरूलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गरिने उल्लेख गरिएको छ।

images
images

‘उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ भन्ने अवधारणाअनुरूप कृषिको आधुनिकीकरण, विशिष्टीकरण, विविधीकरण र व्यावसायिकीकरण गरिने महानगर प्रमुख धनराज आचार्यले बताए।

images
images
images

भूमि वर्गीकरण, भूमि बैंक तथा वित्तीय पहुँचः भू उपयोग ऐन र नियमावलीअनुसार भूमि वर्गीकरण गरिने नीति तथा कार्यक्रममा भनिएको छ। भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै लगानी वृद्धिका लागि कृषि ऋणमा लाग्ने ब्याजमा ५० प्रतिशत सहुलियत उपलब्ध गरिने जनाइएको छ।

'खेतीयोग्य गह्रा बनाऔँ' हराभरा अभियानका साथ हिउँदे बाली (गहुँ, तोरी, आलु, चैते धान, तरबुजा) को क्लस्टरमा खेती गरिने उल्लेख गर्दै प्रमुख आचार्यले महानगरपालिकाभित्र सिँचाइ क्षेत्र विस्तार गर्दै थोपा, प्लास्टिक पोखरी, लिफ्ट, कुलो र पाइप सिँचाइमार्फत वर्षभरि भरपर्दो सामूहिक पहुँच बढाइ बाली सघनता वृद्धि गरिने बताए।

पहाडी तथा काष्ठफल फलफूल आयोजनाको साझेदारीमा सुन्तला, कागती, मेकाडेमिया नट, एभोकाडो आदिको क्षेत्र विस्तार गरिने उनले बताए। प्रभावकारी सूचना, प्रविधि, सञ्चार गर्दै कृषि प्रसारका लागि डिजिटल कृषि प्रणाली अवलम्बन गरिनाका साथै उत्पादन पकेट क्षेत्रमा कृषि तथा पशुपक्षी सेवा प्राविधिकको व्यवस्था गरिने उल्लेख गरिएको छ।

किसान सूचीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने र सेवा प्रवाहमा जोडिने महानगर प्रमुख आचार्यले बताए। दिगो कृषिको आधारका रूपमा प्रांगारिक खेतीको विस्तारका लागि प्रांगारिक पकेट स्थापना र वातावरणमैत्री सहरी कृषिमा जोड दिइने उनले बताए।

माटोको जैविक गुणस्तर कायम राख्न प्रांगारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै, रासायनिक मल र विषादीको प्रयोगलाई नियमन गरी मानव स्वास्थ्य तथा जैविक विविधताको संरक्षण गरिने महानगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend