मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तीन ठाउँमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ : गृहमन्त्री लेखक

images
मंगलबार, असार १० २०८२
images
images
विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तीन ठाउँमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ : गृहमन्त्री लेखक

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने सबै तयारी गरिरहेको बताए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको बताएका छन्।

images
images
images

मंगलबार काठमाडौंमा आयोजित 'विपद् व्यवस्थापनमा पत्रकारको भूमिका' विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको बताए।

images
images

'आवश्यकताअनुसार हेलिकप्टर एसोसियसनसँग पनि हेलिकप्टर तयारी अवस्थामा राख्ने विषयमा समन्वय भएको छ', गृहमन्त्री लेखकले भने, 'सीमित स्रोतसाधनका बीच विपद् प्रतिकार्य एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ।'

images
images
images

हाल प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्नेमा मन्त्री लेखकको जोड थियो।

विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन कार्यमा पत्रकारहरुको पनि महत्वपूर्ण भूमिका हुने उनले बताए। 'हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौँ', मन्त्री लेखकले भने, 'जुनसुकै बेला जे पनि हुनसक्छ। बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिबारे पूर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न। त्यसकारण हामी सदैव तयारी अवस्थामा बस्न जरुरी छ।'

उनले सातवटै प्रदेशमा रहेको आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने सबै खालका तयारी गरिरहेको बताए।

'जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ', उनले भने, 'राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतिको विकास भएको छ।'

प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि निजी क्षत्रेसँग पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाइ छ। 'नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी पनि बुझिरहेका छौँ', उनले भने, 'देशभरका दुवै प्रहरी संगठनका प्रमुखहरुलाई तयार रहन निर्देशन दिइएको छ।'

नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ-आफ्नो ठाउँबाट विपद् जोखिम न्यूनीकरणका लागि काम गरिरहेको उनको भनाइ छ।


प्रकाशित : मंगलबार, असार १० २०८२११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend