मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

सडक विभागले बर्खामा सडक खन्न दिएन, तीन महिनाका लागि रोकियो भूमिगत विद्युतीकरणको काम

images
मंगलबार, असार १० २०८२
images
images
सडक विभागले बर्खामा सडक खन्न दिएन, तीन महिनाका लागि रोकियो भूमिगत विद्युतीकरणको काम

आयोजनाका प्रमुख इन्जिनिनयर आनन्द सुवेदीका अनुसार यही असार तीन गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो।

images
images

चितवन- भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ। सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो।

images
images
images

नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ। आयोजनाका प्रमुख इन्जिनिनयर आनन्द सुवेदीका अनुसार यही असार तीन गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो।

images
images

‘अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका रोकिएको छ’ इन्जिनिनयर सुवेदीले भने। अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्नेलगायतका काम भइरहेको छ। सडक विभागले वर्षामा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो।

images
images
images

उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिनेजस्ता समस्या हुने भएकाले काम रोकिएको हो। आयोजनाले हालसम्म भरतपुरकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको बताइएकाे छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ।

बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्कोतर्फ भूमिगत गर्ने काम बाँकी  छ। उनी भन्छन्, ‘फाउन्डेसन राख्ने काम सकिएको छ, केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ।’ ३३ केभी जडानको काम सकिएको छ भने ११ केभी र चार सय भोल्टको केवल राख्ने काम जारी छ।

खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइने उनले बताए। उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न एक अर्ब ४० करोड रुपैयाँ लाग्ने छ। सुरुआती समयमा  एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो। निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताउँछन्।

ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ। काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो। रासस 


प्रकाशित : मंगलबार, असार १० २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend