सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मंगलबार, असार १० २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा रहेको छ।

अन्य प्रमुख मुद्रामा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर १०० रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा तोकिएको छ।

जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ। साउदी रियाल ३६ रुपैयाँ ९२ पैसा (खरिद) र ३७ रुपैयाँ ०८ पैसा (बिक्री), कतारी रियाल ३८ रुपैयाँ (खरिद) र ३८ रुपैयाँ १६ पैसा (बिक्री) तोकिएको छ।

त्यस्तै, थाइ भाट ४ रुपैयाँ २० पैसा (खरिद) र ४ रुपैयाँ २२ पैसा (बिक्री), युएई दिराम ३७ रुपैयाँ ७२ पैसा (खरिद) र ३७ रुपैयाँ ८८ पैसा (बिक्री), मलेसियन रिङ्गेट ३२ रुपैयाँ २५ पैसा (खरिद) र ३२ रुपैयाँ ३९ पैसा (बिक्री), दक्षिण कोरियन वन (१००) ९ रुपैयाँ ६९ पैसा (खरिद) र १० रुपैयाँ (बिक्री), स्वीडिस क्रोनर १४ रुपैयाँ २२ पैसा (खरिद) र १४ रुपैयाँ २९ पैसा (बिक्री) तथा डेनिस क्रोनर २१ रुपैयाँ २९ पैसा (खरिद) र २१ रुपैयाँ ३८ पैसा (बिक्री) मा विनिमय हुनेछ।

अन्य दरहरू यसप्रकार छन्: हङकङ डलर १७ रुपैयाँ ६४ पैसा (खरिद), १७ रुपैयाँ ७२ पैसा (बिक्री); कुवेती दिनार ४५२ रुपैयाँ ०६ पैसा (खरिद), ४५४ रुपैयाँ ०२ पैसा (बिक्री); बहराइन दिनार ३६७ रुपैयाँ ११ पैसा (खरिद), ३६८ रुपैयाँ ७० पैसा (बिक्री) तथा ओमनी रियाल ३५९ रुपैयाँ ७४ पैसा (खरिद), ३६१ रुपैयाँ ३० पैसा (बिक्री)।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूद्वारा लिइने दर केही भिन्न हुन सक्ने जनाइएको छ भने अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिनेछ। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend