मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

टाटा कर्भ ईभी लिएर ६ हजार ७ सय किलोमिटर केटूके यात्रा गरेर फर्किए दुई युवा

images
मंगलबार, असार १० २०८२
images
images
टाटा कर्भ ईभी लिएर ६ हजार ७ सय किलोमिटर केटूके यात्रा गरेर फर्किए दुई युवा

भारतको तुलनामा नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनलगायतको पूर्वाधार बनेको आफूले अनुभव गरेको ओझाको भनाइ छ।

images
images

काठमाडौं- टाटाको कर्भ ईभी चलाएर भारतको कन्याकुमारी पुगी दुई युवा काठमाडौं नै फर्किएका छन्। १५ दिनमा काठमाडौंबाट कन्याकुरमारी पुगेर उनीहरु काठमाडौं आइपुगेका हुन्। 

images
images
images

काठमाडौंबाट जेठ २२ गते कन्याकुमारी यात्रा तय गरेका अवाशिष ओझा र विजय कशजुलाई सोमबार सिप्रदीले थापाथली स्थित टाटा मोटर्सको प्यासेन्जर कार शोरुममा उनीहरुलाई स्वागत गरेको हो। 

images
images

दक्षिण भारतको कन्याकुरमारी पुगेर फर्कँदा उनीहरुले लिएर गएको टाटा कर्भ ईभीले ६ हजार ७ सय किमि यात्रा तय गरेको बताएका हुन्।  

images
images
images

लामो दूरीको विद्युतीय सावरीको यातायातलाई प्रवद्र्धन गर्न सिप्रदी ट्रेडिङले गत जेठ २२ गते ओझा र कशजुलार्य थापाथली शोरुमबाटै विदा गरेको थियो। काठमाडौंबाट कन्याकुमारीको यात्रामा निस्किएका दुवै जनाले विद्युतीय कार टाटा कर्भमा यात्रा पूरा गरेको बताए। 

केटूके यात्रा सम्पन्न गरेर आएका उनीहरुले कर्भ इभीले सडकको अवस्था अनुसार फुल चार्जमा ५ सय किलोमिटरभन्दा बढी रेन्ज देखाएको बताए। उनीहरुले साढे २ सयदेखि ३ सय किमि पूरा गर्नेबित्तिकै चार्ज गरेकाले पूर्णरेन्ज भने टेस्ट गर्न नपाएको भनाइ थियो। चार्जिङ स्टेसन पाउन त्यति सहज नहुने भएकाले आधा ब्याट्री बाँकी हुँदा नै चार्ज गर्नुपर्ने अवस्था भएको ओझाले बताए। 

भारतको तुलनामा नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनलगायतको पूर्वाधार बनेको आफूले अनुभव गरेको ओझाको भनाइ छ। 

कर्भ ईभीको १ सय ८६ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। एसयूभी कुपे डिजाइनमा रहेको कर्भ इभी लेभल-२ एडीएएस, प्यानोरामिक सनरुफ, भीटूएल टेक्नोलोजीलगायत अत्याधुनिक सुरक्षा र सुविधा छन्।

सिप्रदीले नेपाल ल्याएको कर्भ ईभी ठूलो ब्याट्री क्षमताको हो। यसमा ९८ किलोवाट मोटर पावर छ भने ५५ किलोवाट आवरको ब्याट्री छ। नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा ल्याएको हो। कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ रुपैयाँ तोकिएको छ। 


प्रकाशित : मंगलबार, असार १० २०८२१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend