बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

इलाममा फागुन ११ देखि तारा एयरको नियमित उडान,भाडा कति?

images
मंगलबार, फागुन ३ २०७८
images
images
इलाममा फागुन ११ देखि तारा एयरको नियमित उडान,भाडा कति?
फाइल तस्बिर।

काठमाडौं देखी इलाम सम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ। हवाई यात्राको लागि हाल एकतर्फि भाडा नौ हजार कायम गरिएको उनको भनाइ छ।

images
images

काठमाडौं- यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ।

images
images

निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतबार र बिहिबार काठमाडौंदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एयरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

images
images

धावनमार्ग कालोपत्रे भई परिक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालीका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमीत उडान हुन लागेको हो।

images
images

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर जहाजले परिक्षण उडान गरेको थियो। फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ बजेर ३० मिनेटमा उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए।

काठमाडौं देखी इलाम सम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ। हवाई यात्राको लागि हाल एकतर्फि भाडा नौ हजार कायम गरिएको उनको भनाइ छ।

नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे। पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायात झञ्झटीलो र समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए।

ईलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्रहरु हुन्।

फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ।


प्रकाशित : मंगलबार, फागुन ३ २०७८१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend