सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सामान्य वृद्धि हुँदै २६०० को बिन्दुमा सेयर बजार, ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार

सोमबार, असार ९ २०८२
सामान्य वृद्धि हुँदै २६०० को बिन्दुमा सेयर बजार, ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता समग्रमा २६.४७ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ओरालो लागेकोमा आज सोमबार सामान्य बढेको छ।  

आइतबार ३२.९२ अंकले घटेर २५९५.९८ बिन्दुमा झरेको बजार सोमबार ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा पुगेको छ। १२३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। १२४ कम्पनीको सेयर मूल्य घटेको छ।     

गएको साता आइतबार ०.४७ र सोमबार २.७९ अंकले बढेको बजार मंगलबार ३.८९ अंकले घटेर  २६५४.७६ बिन्दुमा पुगेको थियो। बुधबार १.०८ अंकले घटेको बजार बिहीबार २४.७६ अंकले घटेर २६२८.९१ बिन्दुमा ओर्लिएको थियो। 

गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको छ। गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। एक वर्षअघिको अवस्थामा बजार पुग्ने आशमा रहेका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा रहेका लगानीकर्ता लामो समयदेखि पर्ख र हेरको अवस्थामा नै छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। अब लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 


प्रकाशित : सोमबार, असार ९ २०८२१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend