काठमाडौं- लाभांश घोषणा गर्ने चर्चा चलेपछि जीवन विकास लघुवित्तमा सेयर लगानीकर्ता झुम्मिएका छन्। जसका कारण मंगलबार प्रतिकित्ता २९५ रुपैयाँले बढेको छ।
मंगलबार कारोबार बन्द हु्दाँ सेयर मूल्य ४ हजार ८३० रुपैयाँ कायम भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उत्कृष्ट नाफा कमाएको थियो। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा अझै गरेको छैन। कम्पनीले ५० देखि ६५ प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्ने क्षमता रहेको छ।
मंगलबार जीवन लघुवित्त २७ हजार ९३४ कित्ता सेयर कारोबार हुदाँ १३ करोड २८ लाख रुपैयाँको किनबेच भएको छ। कम्पनीले २७ अर्ब ५९ करोड रुपैयाँ पुँजीकरण पुगेको छ। कम्पनीको ५२ हप्तामा अधिकतम ५ हजार ५१६ रुपैयाँ न्यूनतम ४ हजार ५३७ रुपैयाँमा कारोबार भएको थियो।