सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

वर्षाले सडक भासिँदा ढुंगागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

images
सोमबार, असार ९ २०८२
images
images
वर्षाले सडक भासिँदा ढुंगागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन्।

images
images

गोरखा- सहिद लखन गाउँपालिका-७ स्थित ढुंगागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुंगागाढे-खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको  छ। गए राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन-७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।

images
images
images

उनले भने, 'गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो। गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन।'

images
images

सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन्।

images
images
images

सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ। सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण प्रभावित भएको छ। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend