बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

प्रहरीको गल्ती सुधार गर्दै विमानस्थल कार्यालयले भन्यो- डिजिटल टिकटले पनि हवाई यात्रा गर्न पाइन्छ

पिएनआर नम्बर मात्रै लिएर भने विमानस्थल नजान आग्रह

images
मंगलबार, फागुन ३ २०७८
images
images
प्रहरीको गल्ती सुधार गर्दै विमानस्थल कार्यालयले भन्यो- डिजिटल टिकटले पनि हवाई यात्रा गर्न पाइन्छ
images
images

काठमाडौं- नेपाल  नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले आन्तरिक हवाई यात्रा गर्ने यात्रुले डिजिट वा प्रिन्ट जुन सुकै टिकट बोक्दा पनि यात्रा गर्न पाउने जनाएको छ।

images
images

मंगलबार बिहानै देखि विमानस्थल प्रवेश गर्ने ठाउँमा रहेको नेपाल प्रहरीका सुरक्षा कर्मीहरुले यात्रुसँग डिजिटल टिकट नहुने भन्दै प्रिन्ट कपी मागेको थियो।

images
images

उक्त विषयमा सर्वत्र विरोध भएपछि कार्यालयले डिजिटल तथा प्रिन्ट जुनसुकै टिकट भएपनि हुने तर सबै विवरण भने खुल्ने पर्ने भन्दै सूचना जारी गरेको हो।

images
images

साथै विमानस्थल कार्यालयले पिएनआर नम्बर मात्रै लिएर भने विमानस्थल प्रवेश गर्न नपाउने जनाएको छ।  यात्रुले डिजिटल तथा प्रिन्ट जुन सुकै कपी भएपनि एक बोक्नु पर्ने जनाएको छ।

t.JPG

 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८०९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend