मंगलबार, असोज १ गते २०८१    
images
images

एमसीसी पास हुने चर्चापछि बढ्न थाल्यो सेयर बजार, विश्लेषक भन्छन्- उच्च अंकमा जान्छ

images
मंगलबार, फागुन ३ २०७८
images
images
एमसीसी पास हुने चर्चापछि बढ्न थाल्यो सेयर बजार, विश्लेषक भन्छन्- उच्च अंकमा जान्छ

एमसीसी पास हुने विषयले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजारमा १०१ अंकको पहिरो गएपनि सोमबार केही सम्हालिएको बजार मंगलबार भने बढेको छ। पछिल्लो समय सेयर बजारमा उतारचढाव भइरहेको छ। आइतबार सबै कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताले डेढ खर्बभन्दा बढी गुमाएका थिए। 

images
images
images

वाणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको त्रासले लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट आएको हो। विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले आयातमा कडाइदेखि एकपछि अर्को निर्णय गर्दै जाँदा त्यसको असर सेयर बजारमा पनि परिरहेको छ। एमसीसी पास हुने विषयले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ।

लगानीकर्ताहरुमा एमसीसी पास भएमा विदेशी मुद्रा नेपाल आउने र पुँजी आपूर्ति बढ्ने विश्वास लगानीकर्ताले गर्दै आएका छन्। सत्तारुढ घटक नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ। 

कांग्रेस संसदीय दलको बैठकले संसदमा पेश भएमा एमसीसीको पक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ। संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेवल गर्न सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेका छन्। 

images

सोमबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेर बन्द भएको थियो। ७५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको घटेको र ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो। 

मंगलबार नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ। ६३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ कारोबार भएको हो। 

राजनीतिक उथलपुथलसँगै सेयर बजार ओरालोतर्फ लागेको भएपनि अब घट्नु पर्ने कारण नभएकोले मंगलबार बाट बजार पुनः सकारात्मक हुन थालेको विश्लेषक छोटेलाल रौनियार बताउँछन्। ‘आइतबार लगानीकर्ता त्रसित हुँदा सेयर बजारमा १०१.२४ अंकको गिरावट आएको थियो, अव बजार उच्च अंकमा जाने छ,’ रौनियारले भने। 

आइतबार १०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा पुगेको थियो। जहाँ १ सय ९० कम्पनीकै सेयर मूल्य घटेको थियो भने १ कम्पनीको मूल्यमा परिवर्तन आएको थिएन। आइतबार ५ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको थियो।  जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ। ‘नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा समेत लगानीकर्ताले हेरेकोले पर्ख र हेरको अवस्थमा रहदाँ बजारमा उतार चढाव आएको छ,’ रौनियारले भने। 

तीन महिनादेखि रोकिएको ब्याजदर वृद्धि फागुनमा दोहोरो अंक पुग्ने निश्चित भएपछि यसको असर सेयर बजारमा देखिएको छ। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले समेत फागुनमा ब्याजदर बढाउने निर्णय गरेपछि सेयर बिक्री गरेर बचतमा राख्न आँटेका छन्। जसका कारण सेयर बजारमा गिरावट आएको छ। 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend