आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

'बजेट सन्तुलित भएन, मन्त्री र शीर्षस्थ नेताहरूको जिल्लामा बढी विनियोजन गरियो'

images
आइतबार, असार ८ २०८२
images
images
'बजेट सन्तुलित भएन, मन्त्री र शीर्षस्थ नेताहरूको जिल्लामा बढी विनियोजन गरियो'

बैठकमा सांसदहरूले दलीय आधारमा बजेटका पक्ष-विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुका साथै समसामयिक विषयमा आफ्ना धारणा राखिरहेका छन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल जारी रहेको छ।

images
images
images

बैठकमा सांसदहरूले दलीय आधारमा बजेटका पक्ष-विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुका साथै समसामयिक विषयमा आफ्ना धारणा राखिरहेका छन्।

images
images

बैठकमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बजेट सन्तुलित नभएको बताए। मन्त्री र शीर्षस्थ नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरिएको उनको आरोप छ।

images
images
images

उनले बजेटको सिद्धान्तविपरीत योजनाहरू छरिएको र टुक्रे आयोजनालाई समेटेको भन्दै तीन करोडको सिलिङविपरीत आयोजना छनोट हुनु दुखःद् भएको टिप्पणी गरे।

नेता केसीले भएका र पुराना आयोजनालाई निरन्तरता नदिइ नयाँ टुक्रे आयोजनालाई प्राथमिकता दिएर जनप्रतिनिधिलाई बेवास्ता गरिएको आरोप लगाए। बजेटले खेलकुद, शिक्षा, स्वास्थ्य आदि विषयलाई प्राथमिकता दिन नसकेको उनको जिकिर थियो। सांसद केसीले सुशासनप्रति जनतामा चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न माग गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले कर्णाली प्रदेशको दैलेख जिल्लाको जलजले क्षेत्रमा मिथेन ग्यासको पहिचान भएको र नेपालको आगामी ५० वर्षको खपत धान्ने भण्डारण रहेको विषय सिंगो देशका लागि खुशीको विषय भएको बताए। दैलेखमा एक खर्ब १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन हालै सार्वजनिक भएको थियो।

सांसद थापाले विगतमा धेरै रकम खर्च गरेर विभिन्न कम्पनीले ग्यास नपाइएको प्रतिवेदनको निष्कर्ष दिएको स्मरण गर्दै पछिल्लो दैलेखमा ग्यास पहिचानको प्रतिवेदनले देशको अर्थतन्त्रलाई बलियो र जनताप्रति आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे।

बजेट सन्तुलित नभएको र जनप्रतिनिधिहरूको सुझाव नसमेटिएको गुनासो उनको थियो। उनले भने, 'राष्ट्रिय योजना आयोगले तीन करोडमाथिका योजनाको सिलिङ दिए पनि स-साना टुक्रे योजना समेटिएको छ। तीनकरोड मुनिका योजनालाई निर्ममतापूवर्क कटौती गरियोस्।'

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रप्रतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको शीर्षकमाथि छलफल जारी छ। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend