आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि राति पनि खुल्ने

images
आइतबार, असार ८ २०८२
images
images
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि राति पनि खुल्ने

पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आइबातर साेमबार राति बन्द हुने नागढुंगा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको थियाे।

images
images

चितवन- मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसीसी बिम (गर्डर) राख्ने काम आइतबार बिहान सम्पन्न भएसँगै रातिको समयमा सडक आवागमन नरोकिने भएको छ। पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आइबातर साेमबार राति बन्द हुने नागढुंगा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको थियाे।

images
images
images

तर, नागढुंगा-मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसीसी बिम राख्ने काम सम्पन्न भएको छ। तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको उनले बताए।

images
images

भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो। क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे-मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ।

images
images
images

आयोजनाले एक सूचना जारी गरी राति साढे १० बजेदेखि बिहान तीज बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ। मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ। चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्र गरिएको छ।

धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ। धादिङको मझिमटार र विशालटारमा  झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ। आयोजना प्रमुख नेपाल भन्छन्, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ। मौसमले साथ दियोभने थप दुई किमी कालोपत्र गर्दैछौँ।’ आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ।

धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ। ‘यो खण्डमा दुई दशमलव दुई किमी ६ लेन सडक बन्नेछ। जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ। चार लेन सडक सात दशमलव दुई किमी हुनेछ। यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो-ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ’ इञ्जिनीयर दरैले भने।

उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ। वि.सं. २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुंगा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ।

शर्मा-जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताउँछन्। सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायतका काम भइरहेको छ। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend