आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

रास्वापा र राप्रपाको विरोधबीच संसदमा राष्ट्रपति कार्यालयसहित मन्त्रालयहरुको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

images
आइतबार, असार ८ २०८२
images
images
रास्वापा र राप्रपाको विरोधबीच संसदमा राष्ट्रपति कार्यालयसहित मन्त्रालयहरुको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध गरेका छन्।

images
images

काठमाडाैं- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बीच प्रतिनिधिसभाको आइतबारको बैठक प्रारम्भ भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रयल तथा विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

images
images
images

बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरी आर्थिक विधेयक पारित गरेर आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने भएकाले बैठक सञ्चालनको वातावरण बनाइदिन आग्रह गरे। तर, उनीहरुले सभामुखको आग्रह मानेका छैनन्।

images
images

बैठकमा रास्वपाका सांसद अशिम शाहले ‘भिजिट भिसा’ प्रकरणमा तत्काल निष्पक्ष छानबिन नभएसम्म आफूहरुको विरोध जारी रहने बताए। सदनमा एक महिनादेखि विरोध भइरहे पनि सुनुवाइ नभएको उनकाे गुनासो छ। राप्रपाका सांसद धवलशमशेर राणाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरे।

images
images
images

त्यसलगत्तै सभामुख घिमिरेले बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने घोषणा गरेपछि रास्वपाका सांसदले नाराबाजीका साथ वेल घेराउ गरिरहेका छन्। बैठक सञ्चालनका लागि वातावरण बनाउन सभामुखसँग माग गर्दै सत्तापक्षका सांसदहरुले पनि रास्वपा र राप्रपाका सांसदहरुलाई अवरोध नगर्न अनुरोध गरे।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रप्रतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको शीर्षकमाथि छलफल हुनेछ। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend