काठमाडौं- नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलको बैठकको संसदमा पेश भएमा एमसीसीको पक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ। संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेवल गर्न सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेका छन्।
यता प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा सत्तारुढ दलसहित विपक्षी नेकपा एमालेले पनि समर्थन गर्ने विश्वास लिएको कांग्रेस महामन्त्री गगन थापाले बताए।