आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

कृषिको आधुनिकीकरणका लागि नीतिगत सुधार गर्नुपर्छ : योजना आयोगका सदस्य डा. श्रेष्ठ

images
शनिबार, असार ७ २०८२
images
images
कृषिको आधुनिकीकरणका लागि नीतिगत सुधार गर्नुपर्छ : योजना आयोगका सदस्य डा. श्रेष्ठ

कृषि क्षेत्रमा यन्त्रीकरण, बजारीकरण, भण्डारणको अभाव हुन नदिन विद्यमान समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले सरकारले उत्पादनको आधारमा कृषकलाई सहुलियत तथा अनुदानको व्यवस्था गर्नुपर्ने बताए।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठले कृषिको आधुनीकिकरण र व्यवसायीकरणका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा शनिबार काठमाडाैंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादन वृद्धि गर्न नीतिगत सुधारको आवश्यकता औँल्याएका हुन्।

images
images
images

कृषि क्षेत्रमा यन्त्रीकरण, बजारीकरण, भण्डारणको अभाव हुन नदिन विद्यमान समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले सरकारले उत्पादनको आधारमा कृषकलाई सहुलियत तथा अनुदानको व्यवस्था गर्नुपर्ने बताए।

images
images

मुलुकमा कृषि, पर्यटन, पूर्वाधार तथा उद्योग क्षेत्रलेबेरोजगार युवालई रोजगारीका अवसर सृजना गर्ने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पुँजी व्यवस्थापनका लागि वाणिज्य बैंकले क्षेत्रीय विशिष्टताका आधारमा लगानी गर्नुपर्ने धारणा राखे। डा. श्रेष्ठले वितरणमुखी बजेटलाई सुधार गर्न तीन करोडभन्दा कम लागतका परियोजना समावेश नगर्ने नीति राखिएको प्रष्ट पारेका छन्।

images
images
images

नविल बैंकका प्रमुख कार्यकारी मनोज ज्ञवालीले पुँजी सञ्चय तथा लगानी विस्तार गर्न बैंक तथा वित्तीय संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आमजनताले निक्षेप संकलन गरेको रकमलाई बैंकले कर्जा प्रवाह गर्दा धितो सुरक्षालाई ध्यान दिनुपर्नेमा जोड दिए। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend