शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

अमेरिकामा धेरै लगानी गर्ने देश कुन-कुन हुन्?

images
शनिबार, असार ७ २०८२
images
images
अमेरिकामा धेरै लगानी गर्ने देश कुन-कुन हुन्?

संसारभरबाट अमेरिकाले २०२३ मा तीन खर्ब ११ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो।

images
images

काठमाडौं- देशमा लगानीको वातावरण बन्दा विश्वभरका ठूला बहुराष्ट्रिय कम्पनीहरुले लगानी बढाउँछन् भने नयाँ कम्पनीहरु लगानीका लागि आउँछन्। पछिल्ला वर्षहरुमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) संसारभर नै बढ्दै गइरहेको छ।

images
images
images

बहुराष्ट्रिय कम्पनीहरुको संख्या बढ्दै गइरहेको र उनीहरुले बजार विस्तारलाई प्राथमिकतामा राख्दा लगानीको दायरा बढेको हो। त्यसमध्ये धेरै कम्पनीका लगानीकर्ताहरुको रोजाइमा अमेरिका परेको छ।

images
images

एफडीआईको विस्तार भइरहे पनि यो सीमित देशमा मात्र वृद्धि भइरहेको छ। अर्थात् लगानीकर्ताहरुको रोजाइमा केही देशमात्र छन्। त्यसमध्य धेरै लगानीकर्ताको रोजाइमा अमेरिका पर्ने गरेको तथ्यांकले देखाएको छ।

images
images
images

सन् २०२३ मा सबैभन्दा धेरै एफडीआई भित्र्याउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा रहेको सिटिग्रुपको तथ्यांकअनुसार भीजूअल क्यापिटालिस्टले उल्लेख गरेको छ। उक्त लगानीमध्ये कुन देश तथा क्षेत्रबाट धेरै लगानी अमेरिका पुगे भन्नेबारेसमेत व्याख्या गरिएको छ।

संसारभरबाट अमेरिकाले सन् २०२३ मा तीन खर्ब ११ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो। युरोपियन युनियन अमेरिकामा सबैभन्दा धेरै लगानी गर्नेमा पर्छ। युरोपियन युनियनमा भएको देशहरुबाट २०२३ मा अमेरिकामा एक खर्ब ३९ अर्ब रुपैयाँ लगानी गएको थियो। यो अमेरिकामा आएको कुल एफडीआईको ४४.९ प्रतिशत हो।

अमेरिकामा गएको दोस्रो धेरै एफडीआई जापानबाट हो। २०२३ मा जापानबाट अमेरिकामा ३९ अर्ब ८० करोड डलर एफडीआई गएको थियो। यो अमेरिकामा गएको कुल एफडीआई मध्ये जापानको हिस्सा १२.८ प्रतिशत थियो। अन्य उदीयमान देशहरुबाट २०२३ मा अमेरिकामा ३९ अर्ब ८० करोड नै एफडीआई आएको थियो। यो पनि अमेरिका गएको कुल एफडीआईको १२.८ प्रतिशत हो।

क्यानडाबाट सन् २०२३ मा अमेरिकामा ३८ अर्ब डलरभन्दा बढी एफडीआई गएको थियो। क्यानडापछि अमेरिकामा धेरै एफडीआई बेलायतबाट गएकाे छ। २०२३ मा बेलायतबाट अमेरिका ३६ अर्ब ४० करोड एफडीआई गएको देखिन्छ। यो अमेरिकामा गएको कुल एफडीआईको ११.७ प्रतिशत हो।

अन्य विकसित देशहरुबाट २०२३ मा अमेरिकामा ६ अर्ब ५० करोड डलर एफडीआई गएको थियाे। यो कुल एफडीआईको २.१ प्रतिशत हो। ब्रिटिस क्यारेवियन देशहरुबाट २०२३ मा अमेरिकामा पाँच अर्ब ६० करोड डलर एफडीआई आएको थियो।

दक्षिण कोरियाबाट २०२३ मा अमेरिकामा चार अर्ब ४० करोड डलर एफडीआई गएको थियो। यो अमेरिकामा गएको कुल एफडीआईको १ .४ प्रतिशत हो। सिटिग्रुपको तथ्यांकअनुसार २०२३ को तुलनामा २०२४ मा अमेरिकामा गएको एफडीआई १३ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ। अन्य देशहरुमा एफडीआई प्रवाह घटिरहेको सन्दर्भमा अमेरिकामा भने बढ्दै गइरहेको छ।

ग्रीनफिल्ड प्रोजेक्टहरुमा अमेरिकामा एफडीआई सबैभन्दा धेरैले वृद्धि भएको छ। अमेरिकाको एरिजोनामा ताइवानी कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याकचरिङ कम्पनीले सेमिकन्डक्टर उत्पादन प्लान्ट बनाउन ६५ अर्ब डलर लगानी गरिरहेको छ। 


प्रकाशित : शनिबार, असार ७ २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend