शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ : प्रदेश यातायातमन्त्री राय

images
शनिबार, असार ७ २०८२
images
images
यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ : प्रदेश यातायातमन्त्री राय

साथै प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको मन्त्री  रायले जानकारी दिए। करको सदुपयोग प्रदेशको समृद्धिमा उपयोग गरिने उनकाे भनाइ छ। कार्यालयले ११ महिनामा ५८ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

images
images

जनकपुरधाम- मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रुपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

images
images
images

यातायात व्यवस्था कार्यालय धनुषा, जनकपुरधामद्वारा शनिबार यहाँ आयोजित ट्राफिक प्रहरी र स्थानीय चुनौती सम्बन्धी कार्यक्रममा बाेल्दैउनले यस्ताे बताएका हुन्। 

images
images

साथै प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको मन्त्री  रायले जानकारी दिए। करको सदुपयोग प्रदेशको समृद्धिमा उपयोग गरिने उनकाे भनाइ छ। कार्यालयले ११ महिनामा ५८ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र यातायात कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले सडक सबैको साझा हो भन्ने भावनाका साथ सडकमा सवारी साधन सञ्चालन गर्नुपर्ने बताए।

जथाभावी पार्किङ गर्ने, खन्ने/खोस्रने र सडक अवरोध नगर्न उनीहरुले आग्रह गरेका छन्। त्यस अवसरमा नेपाल पत्रकार महासंघ धनुषा जिल्लाध्यक्ष पुरन शहले ट्राफिक सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend