शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

मान पदवीको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर्न सांसदहरुको माग

images
शनिबार, असार ७ २०८२
images
images
मान पदवीको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर्न सांसदहरुको माग

खर्च कटौतीकाे प्रस्ताव राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले निजामती कर्मचारीको सरुवा र बढुवालाई पारदर्शी बनाउन र वैदेशिक रोजगारीमा ठगिएका तथा अलपत्र परेका नागरिकका समस्या सम्बोधन गर्न सुझाव दिए। माओवादी केन्द्रका सांसद माधव सापकोटाले आगामी आवमा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने योजना के छ भनी प्रश्न गरे

images
images

काठमाडौं- सांसदहरुले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनीहरुले सेवा प्रवाहमा सहजीकरण गरी सामाजिक न्यायको प्रत्याभूति गराउन आग्रह गरेका हुन्।

images
images
images

खर्च कटौतीकाे प्रस्ताव राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले निजामती कर्मचारीको सरुवा र बढुवालाई पारदर्शी बनाउन र वैदेशिक रोजगारीमा ठगिएका तथा अलपत्र परेका नागरिकका समस्या सम्बोधन गर्न सुझाव दिए। माओवादी केन्द्रका सांसद माधव सापकोटाले आगामी आवमा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने योजना के छ भनी प्रश्न गरे।

images
images

सांसद रणेन्द्र बरालीले दलित सुदायको सशक्तीकरणका योजना बजेटमा कटौती गरिएको भन्दै असहमति जनाएका छन्। माओवादी केन्द्रकै सांसद ज्ञानु बस्नेत सुवेदीले आमनागरिकलाई स्वास्थ्य, शिक्षालगायत आधारभूत सुविधा सुनिश्चितताका लागि सो क्षेत्रको बजेट गुणात्मक रुपमा बढाउन सुझाव दिइन्।

images
images
images

सांसद उर्मिला माझीले बजेटले आमनागरिकमा आशा देखाउन नसकेको, आवश्यकताको वर्गीकरण र जनताको माग सम्बोधन नगरेको आराेप लगाइन्। सांसद हितबहादुर तामाङले बजेट वक्तव्यमा विद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कुनै योजना नरहेको टिप्पणी गरे। सांसद नारायणी शर्माले रोजागरी सिर्जना, बसाइँसराइ रोकथाम र वैदेशिक पलायन कम गर्ने कार्यक्रम विनियोजन विधेयकमा नसमेटिनु विडम्बना भएको बताइन्।

सांसद दुर्गा राईले चालु आवको बजेटमा समेटिएका राष्ट्रिय महत्वका विषय आगामी आवको बजेटमा हटाइएकामा आपत्ति जनाएका छन्। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मानव, पदवी, विभूषण निर्माणमा विनियोजन गरिएको आठ करोड कटौती गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्न सुझाव दिए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत रकम विनियोजन गर्नुपर्नेमा जोड दिए। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको खुला सीमालाई नियमित गरी अतिक्रमित भूमि फिर्ता ल्याउन, युवालाई स्वदेशमै रोजगारी दिलाउन तथा सेवा प्रवाहमा सहजीकरण गर्न सरकारलाई सुझाव दिए।

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्य क्षेत्रका दरबन्दी बढाउन, आर्थिक कूटनीति प्रबर्द्धन र सेवा प्रवाहमा सुधार गर्न आग्रह गरे। आम जनता पार्टीका सांसद प्रभु शाहले राज्यका निकायमा सबै नागरिकको समान पहुँच कायम गरिनुपर्नेमा जोड दिँदै निजामती सेवाका कार्यालय सहयोगी, सवारी चालक, भान्छे, सफाइकर्मीलगायत तल्ला तहका कर्मचारीलाई स्थायी प्रक्रियामा लैजानुपर्ने बताए। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend