शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

इरानमा रहेका नेपालीलाई उद्धार गर्न भारतको सहयोग खोज्दै परराष्ट्र मन्त्रालय

images
शनिबार, असार ७ २०८२
images
images
इरानमा रहेका नेपालीलाई उद्धार गर्न भारतको सहयोग खोज्दै परराष्ट्र मन्त्रालय

‘इरानमा केही नेपाली हुनुहुन्छ, आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु’ परराष्ट्रमन्त्री डा. राणाले भन्छिन्, ‘हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ।’

images
images

काठमाडौं- इजरायल-इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिएकी हुन्।

images
images
images

इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको बताउँदै दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताएकी छन्।

images
images

‘इरानमा केही नेपाली हुनुहुन्छ, आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु’ परराष्ट्रमन्त्री डा. राणाले भन्छिन्, ‘हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ।’

images
images
images

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ। तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैछ।

यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँ स्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend