शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

नारायणघाट-बुटवल सडकमा मालवाहक सवारी चलाउ नपाइने, अरु सवारीलाई राति १० घण्टा रोकिँदै

images
शनिबार, असार ७ २०८२
images
images
नारायणघाट-बुटवल सडकमा मालवाहक सवारी चलाउ नपाइने, अरु सवारीलाई राति १० घण्टा रोकिँदै

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार शनिबारदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको जानकारी दिए।

images
images

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड शनिबारदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ। यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले शनिबारदेखि साँझ ७ बजेबाट बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जनाएको छ।

images
images
images

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार शनिबारदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको जानकारी दिए।

images
images

‘निर्माणाधीन नारायणघाट-बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ’ उनले भने। यसैगरी दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत भइरहेकाले सहज रुपमा यातायात सञ्चालन नहुने बेलासम्मका लागि रातिमा सडक बन्द गरिएको उनकाे भनाइ छ।

images
images
images

तर, उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने शनिबारदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको आयोजना निर्देशक ढकालले जानकारी दिए। ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट-बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै उनले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिएका छन्।

चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ। त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ। रासस 


प्रकाशित : शनिबार, असार ७ २०८२१३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend