शनिबार, असोज ५ गते २०८१    
images
images

एमसीसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : डा महत

images
मंगलबार, फागुन ३ २०७८
images
images
एमसीसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : डा महत

उनले एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताए।

images
images

काठमाडाैं- सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का पक्षमा आफ्ना धारणा राखिरहेका छन्।

images
images
images

संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरुको रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतले पत्रकारहरुलाई जानकारी दिए।  

बैठकमा आफ्नो धारणा राखेर बाहिरिनएका नेता डा महतले सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा एमसीसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र भएको बताए। आफूले यही कुराको र अरू साथीहरुले पनि यसै विषयमा धारणा राखेकाे उनकाे भनाइ छ।  

उनले एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताए। उनले यो परियोजना राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने पनि उल्लेख गरे।  

images

साथै उनले बैठकमा एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेको पनि जानकारी गराए। 

नेता डा महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताए। उनले एमसीसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि एमसीसी कार्यालयलाई पत्र लेखेर संसदबाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेमा जोड दिए।  

नेता महतले आफ्नो भनाइ राखेपछि बोल्ने सांसदहरुले पनि एसिसीको पक्षमा धारणा राखेको जानकारी पत्रकारहरलाई दिए। रासस


प्रकाशित : मंगलबार, फागुन ३ २०७८०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend