शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

वीरगञ्ज नाकाबाट पाँच खर्ब ६५ अर्बका सामान तथा वस्तु आयात हुँदा साढे ९१ अर्बका निर्यात

images
शनिबार, असार ७ २०८२
images
images
वीरगञ्ज नाकाबाट पाँच खर्ब ६५ अर्बका सामान तथा वस्तु आयात हुँदा साढे ९१ अर्बका निर्यात

पाँच थरिका पेट्रोलियम पदार्थमात्रै एक खर्ब ७४ अर्ब ९ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल छ। जसको हिस्सा ५२ अर्ब ५८ करोड रुपैयाँ छ।

images
images

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन्। आव २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड रुपैयाँ बढीका सामान भित्रिएका छन्।

images
images
images

चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ। पाँच थरिका पेट्रोलियम पदार्थमात्रै एक खर्ब ७४ अर्ब ९ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल छ। जसको हिस्सा ५२ अर्ब ५८ करोड रुपैयाँ छ।

images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको बताए। ‘चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ’ उनले भने, ‘बजेटले उत्साह जगाएकाले पनि सो सम्भव भएको हो।’

images
images
images

सो अवधिमा ३३ अर्ब १९ करोड मूल्यका मेसीनसी तथा तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। सोही अवधिमा २६ अर्ब २३ लाख मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधिहरू भित्रिएका छन्। चालु आवको ११ महिनामा आयात मात्रै नभएर यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ।

११ महिनामा ९१ अर्ब ५१ करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएका छन्। जबकी गत आवको ११ महिनाको अवधिमा यो नाका हुँदै २८ अर्ब ४४ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक पुगेका थिए। गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २२१ दशमलव ७७ प्रतिशत अर्थात् ६३ अर्ब सात करोड रुपैयाँ बढीको निर्यात भएको हो।

चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ। चालु आवको ११ महिनामा ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार सात सय ३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ। जबकी गत आवको सोही अवधिमा भने आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार एकसय ३८ लिटर मात्रै निर्यात भएको थियो।

चालु आवको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार तीन सय ३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। जबकी गत आवको ११ महिनाको अवधिमा ९ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend