शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

सम्झौताको म्यादभन्दा पहिला डाबरटोल खानेपानी आयोजनाको निर्माण सकियो

images
शनिबार, असार ७ २०८२
images
images
सम्झौताको म्यादभन्दा पहिला डाबरटोल खानेपानी आयोजनाको निर्माण सकियो

निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो। निर्धारित समयसीमा अगाडीनै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिव शंकर महतो बताउँछन्। नगरभित्रका अन्य खानेपानी आयोजनाहरु लामो समय व्यतित हुँदा निर्माणाधीन अवस्थामै जीर्ण हुने गरेको उनकाे भनाइ छ।

images
images

सिराहा- सिराहाको धनगढीमाई नगरपालिका-१३ स्थित डाबरटोलमा १० करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ। २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो।

images
images
images

निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो। निर्धारित समयसीमा अगाडीनै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिव शंकर महतो बताउँछन्। नगरभित्रका अन्य खानेपानी आयोजनाहरु लामो समय व्यतित हुँदा निर्माणाधीन अवस्थामै जीर्ण हुने गरेको उनकाे भनाइ छ।

images
images

‘मलाई त आश्चर्य लागेको छ, समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो। अन्य निर्माणाधीन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकरात्मक सन्देश दिएको छ’ नगरप्रमुख महतोले भने। साथै खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवित्तिले आम जनता वाक्क भएको अनुभूति आफूले गरेको उनको भनाइ छ।

images
images
images

यस खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्नका लागि ‘डाबरटोल, नैनपुरटोल खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ले  काम गरेको थियो। समितिका अध्यक्ष श्रवण ठकुरी भन्छन्, ‘हामीले गत जेठमै काम सम्पन्न गरेर परीक्षणका रुपमा उपभोक्तालाई पानी वितरण गरिसकेका थियौँ। निरन्तरको सक्रियता, लगनशीलता र मिहिनेतले यो सम्भव भएको हो।’

कूल १० करोड ६ लाख ५८ हजार रुपैयाँ लागत रहेको यस आयोजनाबाट वडा नम्बर ११, १२ र १३ का एक हजार चार सय ४७ घरधुरीका आठ हजार ६ सय ४२ भन्दाबढी जनसंख्या लाभान्वित भएका जनाइएको छ। स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिनहरु अब सदाका लागि अन्त्य भएको छ। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend