शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

images
शनिबार, असार ७ २०८२
images
images
वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

images
images

वीरगञ्ज- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन्।  वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । 

images
images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए। 'यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,' उनले भने 'विद्युतीय सवारीसाधनको आयात पनि औषतमा सन्तोषजनक नै छ।'
 
चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ। 

images
images

त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। यो नाका हुँदै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ। रासस

images
images
images


प्रकाशित : शनिबार, असार ७ २०८२०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend