सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार ७ २०८२
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

अमेरिकी डलरको दर केही घट्दै आज खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको दर केही घट्दै आज खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको विनिमयदर भने हिजोको तुलनामा केही बढेको छ। आज युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा तोकिएको छ। शुक्रबार यो दर क्रमशः १५९ रुपैयाँ र १५९ रुपैयाँ ६९ पैसा थियो।

पाउन्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा रहेको छ भने स्विस फ्र्याङ्कको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३० पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०५ पैसा छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ कायम भएको छ। कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४ रुपैयाँ ३८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३४ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १३ पैसा र ओमनी रियालको खरिददर ३५९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६० पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार परिवर्तन हुन सक्नेछ भने वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्नेछ। अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिन्छ। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend